२०७८ भाद्र ३१ गते बिहिवार

नागरिक सरोकार केन्द्र घोराहीमा मेवाका विरुवा रोपियो



१६ साउन, घोराही –
घोराही उपमहानगरपालिका १६ मा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा मेवाका विरुवा रोपिएको छ । आज जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीको नेतृत्वमा स्विट ताईवान रेड लेडी जातको मेवाका विरुवा रोपिएको हो ।

घोराही १० स्थित कृषि वहुउद्धेश्य पशुपन्छी फर्मका सञ्चालक कुलबहादुर डाँगी र तुलसीराम केसीले ५१ वटा मेवाका विरुवा उपलब्ध गराउनुुभएको केन्द्रले जनाएको छ । मेवाले छिटो उत्पादन दिन सक्ने भएकाले उक्त विरुवा उपलब्ध गराईएको हो ।

जेष्ठ नागरिक सारोकार केन्द्रका कानुनी सल्लाहकार तिलक के.सी, दाङ चेम्बर अफ कमर्शका सह–कोषाध्यक्ष लक्ष्मी अधिकारी लगाएतको उपस्थितिमा मेवाका बिरुवा रोपिएको हो ।।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्