२०७८ भाद्र ३१ गते बिहिवार

करेन्ट लागेर सल्यानमा एक युवकको मृत्यु



१६ साउन, घोराही –
सल्लाको काठको गोलियालाई ट्रकमा लोड गर्नका लागि रसी बाँध्ने क्रममा सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ट्रकका सहचालक सल्यानको शारदा नगरपालिका १४ का २५ बर्षीय बिमल भण्डारीको कपुरकोट गाउँपालिका ३ ठूलीचौरमा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्लानका प्रमुख डिएसपी गोबिन्द थापाले सल्यानबाट काठका गोलिया लोड गरि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २४२७ नम्बरको ट्रकको माथि चढेर रसि बाँध्ने क्रममा भण्डारीलाई करेन्ट लागेको जानकारी दिनुभयो ।

सडक छेउमा बिस्तारित नाङ्गो बिद्युतको तारले छुँन पुग्दा भण्डारीलाई करेन्ट लागेको थियो । गम्भीर अबस्थामा रहेका भण्डारीलाई कपुरकोट स्वास्थ्य चौकीमा लैजाँदै गर्दा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्