२०७८ असोज ८ गते शुक्रवार

लमहीमा सडकपेटी अतिक्रमण गरि गरेको व्यापार आजदेखि बन्द



१६ साउन,घोराही –
लमहीमा सडकपेटी अतिक्रमण गरि व्यापार व्यवसाय संचालन गरेको क्षेत्र आजदेखि बन्द गरिने भएको छ । गत मंगलवार जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्यवमा घरेलु तथा साना उद्योग कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग बाणिज्य संघ लमही र लमही नगरपालिकाले संयुक्तरुपमा निरिक्षण एवम् अनुगमनमा गरेको थियो ।

अनुगमनका क्रममा राजमार्ग क्षेत्रमा सडकपेटी अतिक्रमण गरि पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेका स्थानीय व्यापारीहरुलाई बुधवार देखि तिनदिन भित्र सडकपेटी खाली गर्ने निर्देशन दिइएको थियो । उक्त निर्देशन हिजो सकिएको छ ।

तिनदिन सम्म सडकपेटी खालि गर्न दिएको निर्देशन पसल संचालकहरूले अटेरी गरेपछि आजदेखि सबै अतिक्रमित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि कानुन विपरीत व्यापार बन्द गर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्