१५ साउन,घोराही –
असार २३ गते आएको बाढीले भत्काएको राप्ती नदिको सिसहनिया पुल जोड्ने भाग मर्मत गरिएको छ । अविरल बर्षापछि आएको बाढीले भत्काएको उक्त पुल जोड्ने भागको पुल डिभिजन कार्यालय नेपालगञ्जले मर्मत गरेको हो ।
बाढीले पुलको छेउ तर्फको एप्रोच भाग बढाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले तत्काल मर्मत गर्न पुल डिभिजन नेपालगञ्जलाई आग्रह गर्नुभएको थियो । लगत्तै ग्याविन जाली सहितको वाल लगाउने काम सकिएको हो ।।
प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार