१४ साउन,घोराही –
दाङमा लेनदेन मुद्धाका फरार प्रतिवादी २० दिन पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर १८ सातकुले बस्ने ६४ वर्षिय होम बहादुर सार्कि रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो । उनलाई दाङ देउखुरी जिल्ला अदालतबाट २०७८ असार २५ गते लेनदेन मुद्धामा १ वर्ष कैद फैसला सुनाईएको थियो ।
उनलाई सोहि ठाउँमा लुिकछिपी बसेको अवस्थामा आज विहान १० बजेको समयमा पक्राउ गरेको प्रवक्ता रिजालले बताउनुुभयो । साथै पक्राउ परेका सार्किलाई आज नै दाङ देउखुरी जिल्ला अदालतमा बझाईएको छ ।।
प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार