२०७८ असोज ८ गते शुक्रवार

रुकुम पश्चिममा महिला हत्याको आरोपमा जेठाजु र भतिज पक्राउ



१४ साउन, रुकुम –
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री (खड्का) को हत्या आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनास्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामा मृतक खड्काका माइला जेठाजु केशरबहादुर खड्का र उनका दुई छोरा छन । पक्राउ परेकाहरू एक जना १५ र अर्को ११ वर्षका भएकाले नाम सार्वजनिक भएको छैन । मृतक मनकला उक्त घरकी ठाइली बुहारी हुन ।

अनुसन्धानकै क्रममा रहेकाले सबै भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले घटनास्थलबाट कपडा, टर्चलाइट जस्ता सामग्री समेत बरामद भएको र त्यसका आधारमा पनि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । सोमबार बेलुकी गोठका भैंसीलाई घाँस हाल्न गएकी मनकला राति ९ बजे मृत भेटिएको जनाइएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्