२०८० असोज ६ गते शनिवार

जिल्लामा अब अक्सिजनको अभाव हुदैन: प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ



१४ साउन, घोराही –
दाङमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरसंग जुध्नका लागि तयारी थालिएको छ । आज तुलसीपुर १८ दुधरासमा रहेको सोनापुर सिमेन्ट परिसरमा अक्सिजन उत्पादनका लागि तयारी भैरहेको पलान्टको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अवलोकन गर्नुभएको छ । उहाँले दाङ, रुकुम, प्युठान, रोल्पा र सल्यानलाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भैरहेको बताउनु भएको छ ।

यसअघि कोरोना भाइरसको दोस्रो लहरका बेला जिल्लामा अक्सिजनको अभाव भएको थियो । अब कोरोनाको तेस्रो लहरमा जिल्लामा अक्सिजनको अभाव नहुने उहाँले बताउनुभयो । त्यस्तै अक्सिजन पलान्ट उद्योगबाट प्रति दिन ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिनुभयो । सिमेन्ट उद्योगले आफ्नै लगानीमा उक्त क्षमताको अक्सिजन पलान्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । एक महिना भित्रमा अक्सिजन उत्पादन शुरु हुने महाप्रबन्धक पाठकले जानकारी दिनुभयो ।

हाल जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २००, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, दाङ अक्सिजन उद्योगले २०० गरि दैनिक रुपमा ९ सय २५ सिलिन्डर उत्पादन हुदै आएको छ । अब एक महिना पछि सिमेन्ट उद्योगले ४ सय ५० सिलिन्डर अक्सिजन दैनिक उत्पादन गर्ने भएपछि जिल्लामा एक हजार तीन सय ७५ वटा सिलिन्डर अक्सिजन प्रति दिन उत्पादन हुने जनाईएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्