२०७८ माघ १३ गते बिहिवार

रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना



१३ असार,रोल्पा –रोल्पा जिल्ला अस्पताल रेउघामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले स्थापना गरेको रक्त सञ्चार केन्द्रको शुक्रवार उद्घाटन गरिएको छ । केन्द्रको लुम्बिनी प्रदेशका सांसद दीपेन्द्रकुमार पुनले केन्द्रको उद्घाटन गर्नुभएको हो।

लामो समयदेखि रक्त सञ्चार केन्द्रको स्थापनाका लागि प्रयास भइरहेकोमा हाल जिल्लाका स्थानीय तह र विभिन्न संघसंस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गर्न सफल भएको रेडक्रस रोल्पाका सभापति डीबी घर्तीले बताउनुुभयो ।

यसअघि रगत अभावका कारण प्रसूति तथा आपत्कालीन उपचारमा समस्या हुँदै आएको थियो । अब भने त्यस्ता प्रकारको उपचारमा सहज हुने रोल्पा अस्पतालका प्रमुख डा. प्रकाशबहादुर बुढाले बताउनुुभयो । रगत अभावको समस्या टार्न ‘ब्लड फर रोल्पा अभियान’ सञ्चालन गर्ने गरिएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्