२०८० असोज १७ गते बुधवार

प्रधानमन्त्री देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने



१३ साउन,घोराही – प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ । त्यसका लागि प्रधानमन्त्री देउवाले भाइबर कम्युनिटी बनाएका हुन् ।

फेसबुकमा एक फोटो पोष्ट गर्दै प्रधानमन्त्री देउवाले भाइरबरमा जोइन हुनका लागि लिंक दिएका छन् । उक्त पोष्टमा लेखिएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुस् ।’

साथै भेरिफाइड (ब्लु चिन्ह भएको) कम्युनिटीमा मात्रै जोइन गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री देउवा फेसबुक, ट्विटर, इन्स्टाग्राम सँगै अब भाइबरमा पनि आवद्ध भएका छन् ।

 

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्