२०७८ भाद्र ३१ गते बिहिवार

दाङमा ओभरलोड बोकेर गुड्ने सवारीका साधनलाई कारर्वाहि गरिने



१२ साउन,घोराही –
दाङमा आजदेखि ओभरलोड बोकेर गुड्ने सवारीका साधनलाई कारर्वाहि गरिने भएको छ । मालवाहक सवारीका साधनले ओभरलोड बोकेमा कानुनी कारर्वाहि गरिनुका साथै ब्यवसायी समितीबाट पाउने सेवा सुबिधाबाट समेत बन्चित गरिने राप्ती अन्चल संयुक्त ट्रक ब्यवसायी समितीका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी प्रमुख शुरेसकुमार काफ्ले, ट्राफिक प्रहरी प्रमुख थम्मन जिसी, राप्ती अन्चल सयुक्त ट्रक ब्यवसायी समितीका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ लगायत सरोकारवालाहरु बिचको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै मालबाहक सवारीका साधनले अनिवार्य तौल लिनु पर्ने भएको छ ।

लमहिको रातो डाँडामा रहेको तौल पुलमा अनिवार्य तौल लिनु पर्ने समितीले जनाएको छ । १० चक्के ट्रकले १७ टन र १२ चक्के ट्रकले २१ टन लोड बोक्न पाउने मापदण्ड रहेको छ तर मापदण्ड बिपरित सवारीका साधनले ओभरलोड बोक्दै आईरहेका थिए । यसअघि सिमेन्ट उद्योगका ओभरलोड चुनढुङ्गा बोेकेका टिप्परहरुलाई नियन्त्रणमा लिईएको थियो ।।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्