२०८० असोज १७ गते बुधवार

लुम्बिनी, प्रदेश २ र गण्डकी प्रदेश प्रमुख फेरिँदै



१२ साउन,घोराही –
सरकारले लुम्बिनी , प्रदेश २ र गण्डकी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

लुम्बिनीमा धर्मनाथ यादव, प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल प्रदेश प्रमुख रहनुभएको छ । प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो । त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त हुनुभएको हो ।

लुम्बिनी प्रदेशमा भने यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

तर प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उहाँले त्यतिबेलाका सातैजना प्रदेश प्रमुख फेर्नुभएको थियो । प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्