२०७८ भाद्र ३१ गते बिहिवार

जनता कै माग र आबस्यकतामा लगानी: नगर प्रमुख



११ साउन,घोराही –
घोराही उपमहानगरपालिकाले नगरबासीकै माग र आबस्यकता अनुसार पूर्वाधार र सामाजिक विकासमा अघि बढेको बताएको छ ।

आज आर्थिक बर्ष २०७७ /७८ को कार्य प्रगतिको सार्वजनिक सुनुवाईमा नगर प्रमुख नरुलाल चौधरीले जनताको माग र आबस्यकतामा आधारित योजनाहरु कार्यान्वयनमा आएको बताउनुभयो ।

नगरबासीहरुले पनि सरकारले तय गरेका बजेट कार्यक्रमलाई आफ्नै सम्पत्ती ठानेकाले काम गर्न सहज भएको उल्लेख गर्नुभयो ।

ग्रामिण महिला उत्थान केन्द्रको सहजिकरणमा भएको सार्वजनिक सुनुवाईमा नगरबासीहरुले जग्गा व्यवसायीहरुले गाडेका पोल र तानेका तारमा विद्युत विस्तार गर्दा सहजता नभएको, कोरोना खोपमा पारदर्शिता नभएको गुनासो गरेका थिए ।

ति कमजोरीहरुलाई आगामी दिनमा समाधान गर्ने गरी अघि बढ्ने शाखा महाशाखाका प्रमुखहरुले जवात दिनुभएको छ । कार्यक्रममा सूचना अधिकारी भीमबहादुर चौधरीले वितेको आर्थिक बर्षमा करिब ८० प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो ।

एक बर्षमा नगरले ३५ दशमलब ४८ किलोमिटर कालोपत्रे, ४१ किलो मिटर ग्राभेल, ३३ किलोमिटर नयाँ ट्रयाक खोलिएको, ६ किलोमिटर मर्मत, १८ वटा कल्भर्ट निर्माण गरेको जनाएको छ ।

त्यसैगरी, ४ वटा पार्क निर्माण, ९ सय ८० घरमा खानेपानी धारा जडान, १५ वटा कुवा निर्माण, ४ वटा डिप बोरीङ र १८ किलो मिटर नाला निर्माण गरिएको उपमहानगरले जनाएको छ ।।

साथै नयाँ विद्यालय भवन १० वटा, पुराना विद्यालयमा ८ वटा भवन, तीनवटा स्वास्थ्य चौकी र यात्रु प्रतिक्षालय ३ वटा निर्माण भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्