२०७८ भाद्र ३१ गते बिहिवार

दाङमा यसबर्षको धान रोपाई अन्तिम चरणमा



११ साउन, घोराही –
दाङमा यसबर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार कूल धान उत्पादन क्षेत्रफलको करिब ९८ प्रतिशत रोपाइ सकिएको छ ।

दाङमा धान उत्पादनको कुल ३९ हजार ६ सय हेक्टर क्षेत्रफलको ९८ प्रतिशत धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणी पौडेलले जानकारी दिनुभएको छ ।

घोराही र तुलसीपुरको केही स्थानमा रोपाइ बाँँकी रहेको उहाँको भनाई छ । यसवर्ष बर्षा छिट्टै शुरु भएकोले धान रोपाइ पनि छिटो भएको तर पछि बिचमा पानी पर्न छोडेपछि रोपाइमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

त्यस्तै दाङमा पहिले ३६ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुने गरेकोमा यस वर्ष भने धान खेतीमा वृद्धि भई ३९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

यसवर्ष हाब्रेड ६० प्रतिशत, उन्नत जातको ३० प्रतिशत र स्थानीय जातको१० प्रतिशत धान रोपाइ छ ।।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्