२०८० असोज १७ गते बुधवार

ब्राउन सुगरसहित तुलसीपुरका एक जना पक्राउ



११ साउन, घोराही –
दाङमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका १२ घर भई हाल तुलसीपुर ६ स्थित कोठा भाडा लिइ बस्दै आएका २७ वर्षिय राजकुमार वलीलाई ७ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जदेखि तुलसीपुर आउदै गरेको रा १ ख १७१८ नम्बरको गाडीलाई दमारगाउँमा जाँच गर्ने क्रममा वलीले बोकेको झोलामा प्लाष्टिकमा पोको पारेर राखेको ७ ग्राम ६६ मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्