२०८० असोज १७ गते बुधवार

दाङ घोराहीमा दिउसै चोरी



११ असार,घोराही – घरमा कोही नभएको मौका छोपी दाङमा दिउँसै सुनसहित पैसा चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नं ११ परेनी स्थित बसन्ती कुमारी खत्रीको घरबाट २ तोला बढी सुन र २६ सय रुपैयाँ चोरी भएको हो ।

इतबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको मौका छोपी चोरले बाकसबाट सुनको औँठी, सिक्री, कानमा लगाउने झुम्का र २६ सय रुपैयाँ लगेको स्थानीय पवन डाँगीले जानकारी दिनुभयो ।

उहाँ दिउँसो घरमा ताला नलगाएर नजिकैको बारीमा घाँस लिन गएको समयमा बाकसको ताला फोडर सुन र पैसा चोरी भएको स्थानीय डाँगीले बताउनुभयो । उहाँका अनुसार घटनाका बारेमा प्रहरीलाई खबर गरिएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्