२०७८ असोज ८ गते शुक्रवार

बुहारीमाथिको करणी मुद्धामा मिलापत्र गराउने वडा सदस्यसहित सात जना पक्राउ



१० साउन,रोल्पा –
रोल्पामा बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ बर्षिय पुरुष सहित जम्मा ७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पिडितका ससुरा समेत छन् । अनुसन्धानको क्रममा सो घटना गाँउघरमै मिलाई मिलापत्र गराएको आरोपमा सोहि गाँउका वडा सदस्य हिमबहादुर बिष्ट सहित अन्य ६ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

पिडितको जाहेरीका आधारमा अभियुक्त भनेका पिडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान शुरु गरेको हो ।

अनुसन्धानको क्रममा हाल वडा सदस्य सहित जम्मा ७ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखि थप अनुसन्धान भईरहेको डिएसपी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्