२०८० असोज १७ गते बुधवार

दाङमा एक लाख नागरिकले कोरोनाको खोप लगाए



९ साउन,घोराही-
दाङमा करिब एक लाख जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार अहिले सम्म भारतबाट आएको कोभिशिल्ड र चिनबाट आएका भेरोसेल करिब एक लाख जनालाई खोप लगाईएको हो ।

ति मध्य पहिलो र दोस्रो डोज लगाएका करिब १२ हजार मात्रै छन् । अन्य ८२ हजार जनालाई दोस्रो डोज खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

पछिल्लो पटक यही साउन ३ गते देखी पछि मात्रै ४३ हजार बढी नागरिकहरुले भेरोसेल खोप लगाएका छन् । दाङमा ५५ बर्षका माथीका नागरिकहरु सँगै विभिन्न क्षेत्रमा काम गर्नेहरुले खोप लगाई सकेका छन् ।

पहिलो डोज खोप लगाएका करिब २० हजार जेष्ठ नागरिकहरुले भने करिब साढे ४ महिना हुदा समेत दोस्रो डोज लगाउन पाएका छैनन् ।

भारतबाट आउने कोभिशिल्ड खोप नआएका कारण उनिहरु बन्चित भएका हुन् । यसैविच अबको दुई दिनमा अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप दाङमा आउने भएको छ ।

६ देखी ७ हजारको बिचमा उक्त खोप आउने फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । उक्त खोप ५० देखी ५४ बर्ष उमेर समूहका व्यक्तिहरु सँगै क र ख बर्गका अपांगत भएका व्यक्तिहरुलाई लगाउने निर्णय भएको चन्दको भनाई छ ।।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्