८ साउन,काठमाडौं – आज अर्थात शुक्रबारबाट जापानको टोक्योमा ‘ओलम्पिक २०२०’ आयोजना हुँदैछ । विश्व खेलकुदका लागि एउटा महत्वपूर्ण उत्सवका रुपमा हेरिँदै आएको उक्त कार्यक्रमको उद्घाटन सबैको लागि चासोको विषय हो ।
सोही उद्घाटन कार्यक्रममार्फत आयोजक राष्ट्रले आफ्नो देशको क्षमतासमेत प्रर्दशन गर्ने भएकाले यसलाई विशेष प्राथामिकताका हेरिन्छ ।जापानको टोक्याेमा आयोजना हुने उक्त कार्यक्रममा २०५ देश सहभागी हुँदछन् । जसमा नेपालले पनि विभिन्न खेलमा सहभागीता जनाउँदै छ ।
त्यसैले पनि उक्त कार्यक्रमको उद्घाटनमा देखिने रौनक नेपालीका लागि प्रतिक्षाको विषय हो । चार घण्टाभन्दा बढी चल्ने उद्घाटन कार्यक्रम कहाँ र कसरी हेर्ने भन्ने विषयमा हामी जानकारी दिँदै छौ ।
उद्घाटन कार्यक्रमकाे समय
साँझ ४:४० देखि ८:४५ बजेसम्म
कसरी हेर्ने ?
नेपालमा कार्यक्रमको राइट कुनै टेलिभिजन लिए/नलिएको यकिन जानकारी भने छैन । तर, कार्यक्रमको उद्घाटन समाराेह भने सहज रुपमा हेर्न सकिने छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस् नेटवर्कबाट हुनेछ ।
सोनी इण्डियाले ओलम्पिक प्रसारणको मान्यता लिएकाले उक्त कार्यक्रम सोनी लाइभ, सोनी टेन १ एसडी/एचडी, सोनी टेन २ एसडी/एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ । यदि तपाईं हिन्दी भाषामा हेर्न चाहनुहुन्छ भने सोनी टेन ३ एसडी/एचडी मा प्रसारण हुनेछ ।
यदि मोबाइलबाट उद्घाटन समारोह हेर्दैै हुनुहुन्छ भने प्रभु टिभी, नेट टिभी लगायतका स्थानीय आईपी टिभी प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ ।