२०७८ माघ ३ गते सोमवार

खोपको व्यवस्था गरिदिन घोराहीका अटो चालकको माग



७ असार,घोराही –
घोराहीमा संचालित टेम्पो तथा ई–रिक्सा संयुक्त व्वस्थापन समितिले खोप उपलब्ध गराउन माग गरेको छ । घोराही उपमहानगरपालिकामा संचालन भएकोे खोप कार्यक्रममा अटो चालकहरु प्राथामिकतामा नपरेका भन्दै चालकहरुले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका हुन् ।

कोरोना महामारीको समयमा आपलुहरु अग्रपंक्तिमा रहेर काम गरेको भएपनि स्थानिय निकायले खोप लागउने बारेका वेवास्ता गरेका गुनासो गरेका छन् । उनीहरुले अटो चालकहरु सहज र छिटो भन्दा छिटो खोपको व्यवस्था गरिदिन सम्बन्धीत निकाय संघ माग गरेका छन् । साथै उनीहरुले कारोना महामारीको समयमा अटोलाई एम्बिुलेन्सको रुपमा संचालन गरेको थिए ।।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्