७ असार,घोराही –
दाङमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेल्झुण्डीमा उपचारत ५७ वर्षिय एक पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोर्ण ओलीले जानकारी दिनुभएको छ । मृत्युहुनेमा लमही नगरपालिका ५ का ५७ वर्षिय पुरुष हुनुहुन्छ ।
मृतक पुरुष साउन ६ गतेदेखी उपचारत रहनुभएको थियो । उहाँको आज दिउसो करिव ४ वजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँलाई निमोनिया संगै स्वासप्रस्वास सम्बन्धी समस्या रहेको थियो । हाल उक्त अस्पतालमा ७ जना संक्रमितको आसियूमा उपचार भइरहेको छ । यो संगै बैशाख यता दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ ।।