२०७८ माघ १३ गते बिहिवार

घोराहीको कृतिम जलाशय बेपत्ता भएका बिष्टको शव भेटियो



घोराही, ७ साउन –
दाङमा हिजो बिहान सिँचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम) मा डुबेर बेपत्ता भएका युवकको शव निकालिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलताराको गयरसोतामा रहेको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव निकालिएको हो ।

हिजो बिहान देखि बेपत्ता भएका सोही ठाउँका ३१ बर्षीय लाल बहादुर बिष्टको शव आज दिउँसो सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्