२०८० असोज ६ गते शनिवार

दाङमा लागु औषध ब्राउन सुगर सहित तीन जना पक्राउ



७ साउन,घोराही –
दाङमा प्रहरीले लागु औषध ब्राउन सुगर सहित तिन जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले अनुसार तुलसीपुर १३ दमारगाउँबाट प्रहरीले तुलसीपुरका दुई पुरुष र एक महिला गरी तिन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर १ पैयाखोरे बस्ने १८ बर्षिय प्रेम प्रकास बिक, १४ बर्षिय एक बालक र तुलसीपुर ६ भिआईपी टोल बस्ने ४५ बर्षिया चामु कुमारी विक रहेको  प्रहरी प्रवक्ता एवं डिएसपी  रिजालले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट चेकजाँचमा खटिएको टोलीले प्रकासले चलाएको रा ५ प ८५१५ नम्वरको मोटरसाईकलमा सवार ती बालकले लगाएको मास्क भित्र लुकाई राखेको अवस्थामा दुई ग्राम लागु औषध ब्राउन सुगर फेला परेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

यस्तैगरी नेपालगन्जबाट तुलसीपुर तर्फ आउदै गरेको ना ४ ख ७२९४ नम्वरको बसमा सवार महिलाको ब्यागमा संका लागी चेकजाँच गर्दा ७ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको डिएसपी रिजालले जानकारी दिनुभयो । उनीहरु तिनै जनालाई बुधवार साँझ पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्