७ साउन,घोराही –
माडी नदीमा बगेर वेपत्ता भएका प्युठानका दुई बालिकाको शव भेटिएको छ । सोमवार दिउँसो बाख्रा चराउन गएका सरुमारानी गाउँपालिका–४ बैकेका ८ वर्षीया विपना थापा मगर र ७ वर्षीया शर्मिला थापा मगर माडी नदीमा बगेर वेपत्ता भएका थिए ।
उनीहरु मध्ये एक जनाको प्युठानमा र अर्का एक बालिकाको दाङ प्युठानको सिमाना राप्ती नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका थिए ।।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार