२०७८ साउन १७ गते आइतवार

दाङमा असार महिनामा मात्रै २अर्ब ५३ करोड बढि बिकास बजेट खर्च



७ साउन, घोराही –
दाङमा असार महिनामा मात्रै दुई अर्ब ५३ करोड ९३ लाख ७१ हजार बिकास बजेट खर्च भएको छ । संघ र प्रदेश सरकारबाट जिल्लामा प्राप्त पूजीगत तर्फको आठ अर्ब १९ करोड ५० लाख ८५ हजारमध्ये असार महिनामा मात्रै साढे दुई अर्बबढी विकास बजेट खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार दाङमा संघ र प्रदेश सरकारबाट विकासका लागि प्राप्त पूजीगततर्फको कुल बजेटमध्ये असार महिनामा मात्र ३१ प्रतिशत बजेट खर्च भएको छ । जस अनुसार संघीय सरकारबाट प्राप्त पूंजीगततर्फको चार अर्ब ९३ करोड १३ लाख ८४ हजार एक सय ८४ मध्ये असार महिनामा मात्रै एक अर्ब ४२ करोड २ ९ लाख ९९ हजार एक सय ३२ रुपैयाँ विकास बजेट खर्च भएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त पूँजीगततर्फको तीन अर्ब २३ करोड ३७ लाख एक हजारमध्ये असार महिनामा मात्रै एक अर्ब ११ करोड ६३ लाख ७२ हजार पाँच सय १६ रुपैयाँ विकास बजेट खर्च भएको कार्यालयले जनाएको छ । विगतको वर्ष जस्तै यसवर्ष पनि जिल्लाका स्थानीय तह र सरकारी कार्यालयले असारे विकासलाई निरन्तरता दिदा असार महिनामा ठूलो रकम खर्च भएको हो ।।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्