२०७८ साउन १८ गते सोमवार

आफुसँग रिसाएर टाढिएका रावललाई भेट्न टोखा पुगे माधव नेपाल



६ असार,काठमाडौं –
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । बुधबार नेता नेपाल रावललाई भेट गर्न टोखा पुगेका हुन् ।

आफुसँग रिसाएका रावललाई नेता नेपाल फकाउन उनकै निवास पुगेका हुन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भन्दै सांसद पदबाट राजीनामा दिएका थिए ।

उनले सांसद पदबाट राजीनामा दिएपनि स्वीकृत भएको छैन । रिसाएर टाढिएका रावललाई नेपालले मिलेर अघि बढ्न प्रस्ताव राखेको बताइएको छ । सांसद पदबाट राजीनामा दिएपछि रावल केपी शर्मा ओलीसँग नजिकिएको र उनी उतै जाने चर्चा पनि चलिरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्