२०७८ साउन १७ गते आइतवार

मदन मुस्कानले ल्याए तिजको कोशेली ‘नकली मोरि’ (भिडियो सहित)



६ साउन, दाङ –
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायक तथा संगीतकार मदन बि.क मुस्कानले आफ्नो नयाँ कोशेली नकली मोरि सार्वजनिक गरेका छन् । साउन महिनाको पहिलो बुधबार पारेर सार्वजनिक गरिएको उक्त गीतमा मुस्कान र रेजिना परियारको स्वर रहेको छ । सानै उमेर देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका मुस्कानले २ दर्जन भन्दा बढी गीतमा स्वर र संगीत भरेका छन् ।

आज सार्वजनिक गरेको उक्त गीतमा पनि मुस्कानकै स्वर र संगीत रहेको छ भने अभिनय पनि आफै गरेका छन् ।
५ वर्ष पहिले सार्वजनिक गरेको तीज गीत एस पालित उडाउछु माया तुलसीपुरमा धुलोलाई दर्शक श्रोताले अत्यधिक मन पराएका कारण भाग दुईको रुपमा नकली मोरि दर्शक श्रोता माझ लिएर आएको मुस्कानले बताएका छन् ।

उनका अनुसार यसमा स्वर दिएका गायक गायिका बाहेक करिना डाङी,रचना खड्का , साबित्रा बि.क ,ससा सिह, सुसान क्षेत्री, तुफान वलि, मुस्कानको नृत्य तथा अभिनय देख्न सकिनेछ ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्