२०७८ साउन १७ गते आइतवार

सल्यानमा टिप्परका सहचालकको मृत्यु



६ असार,सल्यान –
सल्यानमा टिप्परको टायर फेर्ने क्रममा सहचालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका ३ रामपुरमा रोकी राखेको ना १ क ४६२५ नम्बर टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भाँसिदा सहचालकको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउापालिका वडा नं २ सिमलकुनाका १९ बर्षीय ज्ञान बहादुर वली रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्