२०७८ साउन १७ गते आइतवार

टिप्परले पुल क्रस गरे लगत्तै भाँचियो काठे पुल



६ असार, दाङ –
दाङको लमही–गढवा सडक खण्ड अन्तर्गत पर्ने सोता खोलामा रहेको बयल डाँडा र कोलही गाउँ जोड्ने  (काठे पुल) पुल भाँचिएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ कोलही गाउँ नजिकै रहेको बगै सोता खोलाको पुल बुधवार अपरान्ह पौने तीन बजेको समयमा गढवा देखि लमही तर्फ गैरहेको एउटा टिप्परले पुल क्रस गरे लगत्तै पुल भासिएको प्रत्यक्षदर्शी किसन भट्टराईले जानकारी दिनुभयो ।

अहिले उक्त बाटो भएर गढवा तर्फ जाने र लमही तर्फ आउने सवारी साधन बनगाउँ भएर जानू पर्ने बाध्यता भएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्