२०७८ साउन १७ गते आइतवार

किसान नेता गुम्रा थारुको शालिकमा माल्याणपन



६ साउन, घोराही –
नेकपा एमालेले किसान नेता तथा शहिद गुम्रा थारुको शालिकमा आज माल्याणपन गरेको छ । नेकपा एमाले घोराही नगर कमिटीको आयोजनामाट्राफिक चोकमा रहेको थारुको शालिकमा माल्याणपन गरेको हो ।

दंगाली किसान आन्दोलनका अगुवा नेता गुम्रा थारुको ६२ औँ स्मृती दिवसका अबसरमा एमालेले थारुलाई सम्झिएको हो । दाङको कम्युष्टि आन्दोलनमा थारुले पु¥याएको योगदानको सम्झना र चर्चा गरिएको छ ।

एमाले दाङका सचिब मनोहर बुढाथोकीले जमिन्दारहरुको ज्यादती बिरुद्ध राजनितिक रुपबाट गरेकोसंघर्षको चर्चा गर्नुभयो । जमिनमा किसानकै हक हुनुपर्छ भन्ने विचारका शहिद थारुको मार्ग दर्शन अहिले पनि सान्दर्भीक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी, एमाले घोराही नगर संगठन कमिटीका अध्यक्ष भुवन चौधरीले किसान नेताको त्याग र बलिदानले नै अहिलेको किसान आन्दोलन शसक्त रहेको बताउनुभयो । ६२ बर्ष पहिले साविक लक्ष्मीपुर गाबिस ३ बन्जाडीमा खेत जोत्दै गरेका किसान गुम्रा थारुको हत्या भएको थियो ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्