२०७८ साउन १७ गते आइतवार

बाँधमा डुब्दा घोराहीका एक जना बेपत्ता



६ साउन, घोराही –
सिँचाइको लागि बनाइएको कृतिम बाँधमा डुब्दा दाङमा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका १ सिमलताराको गयरसोता ड्याममा पौडी खेल्ने क्रममा एक जना डुबेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका ३१ वर्षिय लालबहादुर विष्ट डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

स्थानिय र प्रहरीले बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले हिलोमा टाँसिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्