६ साउन, घोराही –
दाङमा आज थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पिसिआर परिक्षण गर्दा १८ पुरुष र १५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा घोराहीका २०, लमहीका ४, तुलसीपुरका ३, राप्ती र शान्तिनगरका २÷२ तथा बबई र राजपुरका एक एक जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
यो सँगै दाङमा सकृय बिरामीको संख्या एक सय २ पुगेको छ । ति संक्रमित मध्य ८३ जना घरमा, ११ जना अक्सिजन सहितको उपचारमा र ८ जना आईसियूमा रहेका छन् ।
यसैबिच आज २६ जना कोरोना मुक्त भएका छन् । घोराहीका १७, लमहीका ३, तुलसीपुर र गढवाका २÷२ तथा राप्ती र राजपुरका एक एक जना कोरोना मुक्त भएका हुन् । यसैबिच आज दाङमा एक जना कोरोना संक्रमितको मृत्युभएको छ ।
घोराही उपमहानगरपालिका१४ का ४२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा ति पुरुषको गएराती मृत्यु भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
उहाँलाईअसार २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यो सँगै बैशाख यता दाङमा २ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बैशाख यता दाङमा ८ हजार ३ सय १२ जनामा कोरोना पुष्टि भएको छ भने८ हजार ४ जना निको भएका छन् ।।