२०८० असोज ६ गते शनिवार

बाघको छाला सहित घोराहीबाट दुई जना पक्राउ



६ साउन,घोराही –
दाङ प्रहरीले बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका घोराही उपमहानगरपालिका–३ गोग्लीबाट बिहान साढे तीन बजे पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ निबासी ३२ बर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङ निबासी ५४ बर्षका पुर्ण सिह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फिट २ ईन्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इन्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्