२०७८ साउन १८ गते सोमवार

आज विपी कोइरालाको ३९ औँ स्मृति दिवस



६ साउन, घोराही –
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबिच नेपाली कांग्रेस दाङले संस्थापक नेता कोइरालाको ३९ औँ स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृतिमा आज शान्तिनगर गाउँपालिकास्थित बीपी नमुना माध्यामिक बिद्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको कांग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्