६ साउन, घोराही –
दाङ सहित देशभरका मुस्लिम धर्मावलम्बीहरुले बकर–इद हर्ष उत्साहका साथ मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।
आज नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् । यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन रहेको छ ।
यसैबिच सरकारले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।।