२०७८ माघ १३ गते बिहिवार

कोरोना संक्रमणबाट दाङका थप एक जनाको मृत्यु



६ साउन, घोराही –
कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

उहाँको गएराती सवा १ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । असार २० गते कोरोना संक्रमण पुष्टि भएका पुरुषको गएराती मृत्यु भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।

यससंगै बैशाख यता दाङमा २०७ जनाको संक्रमणबाट मृत्यु भएको छ । बैशाख यता दाङमा ८ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ भने ति मध्य ७ हजार ९ सय ७८ जना निको भएका छन् ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्