२०७८ साउन १८ गते सोमवार

वन मुद्धामा फरार रहेका दाङका ४ जना पक्राउ



५ साउन,घोराही –
दाङ प्रहरीले वन मुद्धामा फरार रहेका ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजाल का अनुसार प्रक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ राताकासका ४५ वर्षिय निमप्रसाद विक, ६३ वर्षिय धनबहादुर विक, ६२ वर्षिय राधिका विक र ३४ वर्षिय ताराकुमारी पुन रहेका छन् ।

सामुहिक बन मुद्धामा २०७५ माघ १६ गते दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दा फैसला भएको थियो । उनिहरुलाई जनही एकहत्तर हजार पाँच सय एक्काईस रुपैया पचाँस पैसा जरिवाना तोकिएको थियो ।

त्यस यता फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका वडा नंम्वर ७ राताकासमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रवक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ । पक्राउ परेका ४ जनालाई नै दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्