५ साउन, घोराही- दाङ प्रहरीले जंगली बँदेल मारेको अभियोगमा ५ जना पक्राउ गरेको छ । बँदेलको मासु काटेर भाग लगाउदै गरेको अवस्थामा डिभिजन वन कार्यालय दाङ र प्रहरीको संयुक्त टोलीले ५ जनालाई २१ किलो भन्दा बढी मासु सहित पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका ४ भकारे गाउँमा जंगली बँदेलको मासु काट्दै गरेको अवस्थामा मासु सहित बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका, बिरबहादुर रोका र कौशिला गुरुङलाई पक्राउ गरेको सव डिभिवन वन कार्यालय सुनपुरका प्रमुख, सहायक वन अधिकृत बिष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
बँदेल मारेर खान लागेको सूचना पाएपछि सहायक वन अधिकृतद्धय लामिछाने र सिद्धान्त बराल सँगै प्रहरी चौकी गोग्लीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई डिभिजन वन कार्यालय घोराहीमा राखिएको छ ।।