२०७८ साउन १८ गते सोमवार

माइतिको मायाले बोलको गितमा करिश्मा ढकाल र दिपक लामाको नृत्य



४ असार,घोराही –
हिन्दु नेपाली नारिको विशेष पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गितहरु बजारमा धमाधम आउन थालेका छन् । त्यसैक्रममा दिपक लामा र करिश्मा ढकालको माइतिको मायाले बोलको गित बजारमा आएको छ ।

चर्चित लोक दोहरी गायीका सम्झना भण्डारी, खेमराज गौतम र रमेश ओलीको स्वरमा रहेको गीतलाई लय खेमराज गौतम अनि सब्द बसन्त बिकले गरेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रेकड भएको गीतलाई सुमन रानाको रेकडिङ र कुमार रानाको मिक्सिंग रहेको छ । उक्त गितको भिडियोमा उमेश राना, बशन्त बि.क, प्रेमा राना रुपी सिंजाली मगरको सपोटिङ्ग स्वर रहेको छ भने गीतको संगीत सयोजन पनि खेमराज गौतमले नै गरेका हुन् ।

सुजन गोर्खालीको निर्देशन र प्रकास खडकाको क्यामरा रहेको गीतको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन भने गीतको सुटिङ्ग धर्मस्थली नयाँ घरमा भएको हो ।

दिपक लामा, करिश्मा ढकाल, निकिता श्रेष्ठ र अस्मिता थापाको अभिनय रहेको गीत अनि भिडियोलाई मगर काजीले प्रोडक्सन गरेका हुन् ।।

भिडियो पनि हेर्नुहोस्:

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्