२०८० असोज १७ गते बुधवार

दाङमै आँखाको क्यान्सर सहितको जटिल उपचार सुरु



४ साउन, घोराही –
चार दशदेखि दाङसहित तीनवटा प्रदेश लुम्बिनी, कर्णाली, सुदुरपश्चिममा आँखा उपचारको सेवा दिइरहेको राप्ती आँखा अस्पताल रक्षाचौरले आँखाको जटिलखालको उपचार गर्न थालेको छ । आँखाको क्यान्सर सहितको जटिल उपचार सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।

आँखा उपचारको लागि काठमाडौ र बाहिरी देश जानु पर्ने समस्यालाई मध्ययनजर गरेर दाङमै सबै खालका जटिल रोगलाई निवारण गर्ने गरि अस्पतालको स्तर वृद्धि गरि सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।

आधुनिक र विशेषज्ञसहितको सेवा सुरु गरेको अस्पतालले आँखाको क्यान्सर उपचारसहित हर्निया, अकोपलाष्टी, भिटो रेटिना, कर्णियाको उपचार र सर्जरी, सेवा थप गरेको जानकारी दिनुभयो ।

विषेशज्ञ सेवा विस्तारसंगै आँखाको गम्भिर प्रकृतिको उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । लुम्बिनी प्रदेशसहित कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई आखाँको उपचार सेवा प्रदान गरिरहेको अस्पताललाई थप स्तरोन्नति गरेर बिरामी रेफर गर्नु नपर्ने अस्पतालले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्