४ साउन, घोराही – पर्साको पकहाँ मैनपुर गाउँपालिकाका १ का वडाध्यक्षसहित ३ जना लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित वडाध्यक्ष अमिरिका सहनीलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल जाँच गर्दा खैरो हेरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र अर्को ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।।
प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार