२०८० असोज १७ गते बुधवार

दाङमा खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ



४ साउन,घोराही –
दाङमा खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दंगीशरण गाउँपालिका ५ लौवस्ता निवासी २७ वर्षिय निर्मल बस्नेतलाई शान्तिनगर गाउँपालिका ४ चिराघाटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गएको असार २९ गते तुलसीपुर ५ रानीजरुवा निवासी २३ वर्षिय विशाल सुनार माथि बस्नेतले खुकुरी प्रहार गरि फरार भएको अभियोग छ ।घटना पछि फरार भएका बस्नेतलाई गएराती पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्