२०७८ साउन १८ गते सोमवार

सुनको भाउ सामान्य बढ्यो तर चाँदीको घट्यो, प्रतितोला कति ?



४ साउन । आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको ५ रुपैँयाले घटेको हो ।

हिजो आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैँयामा कारोबार भएकोमा आज सोमबार ९२ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।
सोही परिमाणको तेजावी सुनलाई भने आज ९२ हजार ३०० सय रुपैयाँ पर्नेछ । तेजावी सुन हिजो आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ पनि घटेर एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्