२०७८ साउन १७ गते आइतवार

दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने



३ साउन, घोराही –
दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गर्न जडीबुटीका ७० हजार बिरुवा रोपिएको छ । जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन बढाउने उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

यो वर्ष दाङको पहाडी क्षेत्र बङ्गलाचुलीका गाउँपालिकाका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडा गरी ७ वटा वडामा टिमुर, मालागेडी र तेजपातका ७० हजार भन्दा धेरै बिरुवा रोपिएको डिभिजन वन अधिकृती विजयराज सुबेदीले जानकारी दिनुभयो ।

दाङको पहाडी क्षेत्रमा टिमुर खेतीको प्रचुर सम्भावनालाई केन्द्रीत गरेर डिभिजन वन कार्यालयले जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन वृद्धि गर्न लागेको अधिकृतसुवेदीले बताउनुभयो ।

६ सयभन्दा धेरै किसानको जग्गा, सामुदायिक वनको खाली क्षेत्र र सामुदायिक विद्यालयको जग्गामा बिरुवा रोपिएको सर्वोत्तम बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडीबुटी विस्तार कार्यक्रमलाई गाउँपालिकाले आफ्नै कार्यक्रमका रुपमा लिइ स्थानीयहरुलाई बिरुवा रोप्न प्रेरित गरिरहेको बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्