२०७८ साउन १७ गते आइतवार

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै



sf7df8f}F, @* j}zfvM
k|ltlglw;efsf] a}7s
;+3Lo ;+;b ejg gofFafg]Zjdf cfOtaf/ a;]sf] k|ltlglw;efsf]] a}7sdf ;xefuL ;f+;b . t:jL/ M /Tg >]i7÷/f;;

३ साउन,काठमाडौं – दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। सर्वोच्च अदालतले ३ साउनभित्र बैठक बोलाउन परमादेश दिएपछि आइतबारभित्र बैठक बस्नैपर्ने कानुनी बाध्यता छ। योसँगै लामो समय निष्क्रिय रहेको प्रतिनिधिसभा अब सक्रिय र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

संसद् सचिवालयको रेकर्डअनुसार पछिल्लो एक वर्षमा प्रतिनिधिसभाको बैठक १० पटक मात्रै बसेको छ। ०७७ असारमा अधिवेशन अन्त्य गरेपछि तत्कालीन सरकारले पुससम्म संसद्को अर्को अधिवेशन हुन सकेको थिएन।

६ महिनाभित्र अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता नजिकिँदै गर्दा ५ पुसमा निवर्तमान प्रधानमन्त्रीले प्रतिनिधिसभा नै विघटन गरे। त्यसविरुद्ध अदालतमा परेको मुद्दा दुई महिनासम्म चलेपछि प्रतिनिधिसभा पुनःस्थापित भयो। तर, त्यसले कुनै सार्थकता नपाउँदै दोस्रो पटक पुनः संसद् विघटन गरिएको थियो।

प्रतिनिधिसभामा ३६ वटा विधेयक समितिबाट पास भएर गए पनि सदनमा पेस गरिएको छैन। १५ जेठमा संसद्मा बजेट पेस गर्नैपर्ने संवैधानिक बाध्यतालाई टार्दै ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको सिफारिसमा आइतबारका अर्थात् साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन्।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिसमा आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको हो।

मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोक्नुभएको थियो। तर, प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा व्यूँतिएको थियो । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो।।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्