२०८० असोज १७ गते बुधवार

रोटरी क्लव अफ दाङको पद हस्तान्तरण



३ साउन ,घोराही–रोटरी क्लव अफ दाङको दशौं कार्यसमितिको पद हस्तान्तरण गरिएको छ । हिजो (शनिबार) क्लबका अध्यक्ष डा. चेतनारायण पाण्डेयको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा शनिबार भएको कार्यक्रममा पद हस्तान्तरण गरिएको हो ।

नयाँ अध्यक्ष राजीव उल्ला खानलाई निवर्तमान अध्यक्षले पद हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष खानको नयाँ टिमले सन् २०२१–२२ का लागि पद तथा गोपनीयताको शपथ लिएको छ । जसमा ओविन्द्रबहादुर महरा, प्रदीप मजगैया, पदमकुमार केसी, रोशन दाहाल, प्रदीप सुवेदी, तीर्थ सन्तोषी, शरद अधिकारी, मीनराज भाट, डा। बम बिसी, निरञ्जन राजभण्डारी, भरतराज देवकोटा र जीवन आचार्य रहनुभएको छ ।

सो अवसरमा कोभिडको बेलामा अटो एम्बुलेन्स चलाउने दशजना चालकलाई सम्मान गरिएको थियो । त्यसैगरी कोभिडमा सेवा दिने डाक्टरहरुलाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्