२०७८ साउन १७ गते आइतवार

सल्यानमा तलब नपाएको भन्दै करार कर्मचारीहरू आन्दोलित



२ साउन, घोराही –
समयमै तलब नपाएको भन्दै सल्यानमा करार कर्मचारीहरू आन्दोलित भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडाहरूमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका हुन् । विगत ६ महिनादेखि तलब नपाएको भन्दै करारमा कार्यरत कर्मचारीहरूले आन्दोलन गरेका छन् ।

सरकारको नीति र पत्र अनुरूप ६ महिना अघि नगरपालिकाको कार्यपालिका कार्यपालिकाको बैठकमा तलब खुवाउन नसक्ने भनेर निर्णय गरेपनि ६ महिनासम्म काममा खटाईए वापतको तलब भत्ता दिनु पर्ने आन्दोलित कर्मचारीहरूको माग छ ।

साविक गाविसमा कर्मचारीको अभावमा वडाको काम गर्दै आएका कर्मचारीहरूलाई बेरोजगार बनाउन नहुने आन्दोलनका संयोजक डिल्ली विकले बताउनुभयो । आफूहरूको रोजगार सुनिश्चित गरिदिन बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनलाई ध्यानाकर्षण पत्रसमेत पेश गरेको संघर्ष समितिका संयोजक विकको भनाइ रहेको छ ।।

 

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्