२ साउन, घोराही –
लमही अस्पतालमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरिएको छ । सर्पदंश उपचार केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले उद्घाटन गर्नुभएको हो ।
लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो । मेडिकल अधिकृत सहित चार जना स्वास्थ्यकर्मी सर्पदंश उपचार केन्द्रको लागी राखिएको छ ।
सर्पदंश उपचार सेवालाई थप प्रभावकारी बनाउन सर्पदंश उपचार केन्द्र स्थापना गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो ।
सर्पको डसाईबाट कसरी जोगिन सकिन्छ र टोकी हालेमा कसरी प्राथमिक उपचार गर्ने भन्ने बारेमा समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको बिष विज्ञ डाक्टर छविलाल थापाले बताउनुभएको छ ।।