२०८० असोज १७ गते बुधवार

दाङमा साउन ३ गते देखी शिक्षक र चालकलाई कोरोना खोप लगाईने



३१ असार, घोराही –
५५ बर्ष उमेर माथीका नागरिक र शिक्षकलाई प्राथमिकतामा राखेर दाङमा यही साउन ३ गते देखी कोरोना बिरुद्धको खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय दाङले १९ हजार नागरिकहरुलाई खोप लगाउने तयारी गरेको हो । उनिहरुलाई चिन सरकारले उपलब्ध गराएको भेरोसेल खोप लगाईने छ ।

५५ बर्ष माथीका नागरिकहरु सँगै शिक्षकहरु, सार्वजनिक सवारी साधनका चालक, सहचालक, क र ख बर्गमा पर्ने अपांगता भएका व्यक्तिहरुलाई उक्त खोप लगाउने योजना बनेको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ । त्यसैगरी साउन पहिलो हप्ता अमेरीकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप दाङ आईपुग्ने भएको छ ।

उक्त खोप ५० देखी ५५ बर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाईने शाहीको भनाई छ । दाङमा अहिले सम्म ३७ हजार बढी नागरिकले कोरोना बिरुद्धको खोप लगाएका छन् । ति मध्य २० हजार जेष्ठ नागरिकहरु दोस्रो डोजको खोप लगाउनबाट बन्चित छन् ।
पहिलो डोजको खोप भारतबाट आएको र उक्त खोप भारतले रोकेपछि २० हजार जेष्ठ नागरिक दोस्रो डोज लगाउनबाट बन्चित भएका हुन् । भारत सरकारले आफ्ना नागरिकलाई खोप पुगेपछि मात्रै अनेत्र दिने निर्णय लिएका कारण खोपको अझै अनिश्चित रहेको प्रमुख शाहीको भनाई छ ।।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्