२०७८ साउन १८ गते सोमवार

हास्यकलाकार कमल गाउँलेको २१ औँ गाईजात्रा, के छ मसला ?



३० असार,घोराही –
हास्य कलाकार कमल गाउँलेको यो वर्षको २१ औँ गाईजात्रा अबको केही समय भित्रै बजारमा सार्वजनिक हुने भएको छ । उहाँको गाईजात्रा विशेष त सामाजिक घटनाक्रममा आधारित हुँदै आएको छ । हास्य र व्यङ्ग्यात्मक शैलिमा प्रस्तुत गरिने गाईजात्रामा गाउँलेले समसामयीक विषय वस्तुमा कलम चलाउँदै आउनुुभएको छ । यस वर्षको २१ औँ गाईजात्रामा हास्य र व्यङ्ग्यसँगै केही थप नयाँपन देख्न सकिने हास्यकलाकार कमल गाउँलेले बताउनुुभयो । उहाँले २१ औँ गाईजात्रामा धेरै मेहेनत, परिश्रम गरेर बनाइएकाले दर्शकको माया पाउँनेमा आशावादी रहेको बताउनुुभयो ।

हास्यकलाकार गाउँलेले आफ्नो २१ औँ गाईजात्राको नाम भने बताउन चाहानुुभएन । आफ्नो गाईजात्राको यात्रामा अनवरत रुपमा काम गर्दै आएका गाउँलेले गीत, कला र व्यङ्ग्य मार्फत आफ्नो पेशालाई निरन्तरता दिदैँ आउनुुभएको छ । विशेष गरि गाउँलेले देशमा भइरहेको राजनितिक खिचातानि, हत्या, हिंसा, बलात्कार लगायत विभिन्न कुप्रथाको विरुद्धमा गीत, व्यङ्ग्य मार्फत प्रस्तुत हुने गर्दछन ।
हास्यकलाकार गाउँलेले २०५७ सालबाट आफ्नो गाईजात्राको यात्रा शुभारम्भ गर्नुभएको थियो।  देशमा चलिरहेको अस्थिर राजनिति, भ्रष्टाचार, रोग र भोक, नेताको प्रबृति, बलात्कार, हत्याहिंसा, देशको विकास र उन्नति लगायत नेपालको कुनाकन्धरामा रहेका समस्याका विषयमा आधारित रही २१ औँ गाईजात्रा आउँने उहाँले बताउनुुभयो । यहीँ साउन १ गते शुक्रबारको दिन आफ्नो कमल गाउँले युट्युव च्यानल मार्फत सार्वजनिक गरिने गाउँलेको भनाई छ । लेखन, रेकर्डिङ र छायाङ्कनको काम सबै सम्पन्न भइसकेको र अहिले सम्पादनको काम पनि अन्तिम चरनमा पुगेको गाउँलेले बताउनुुभयो

गएका वर्षहरुमा काठमाण्डौँमा गएर गाईजात्रा रेकर्ड गर्दै आएका गाउँले यस वर्ष भने कोरोनाको जोखिमका कारण जान पनि नमिल्ने र दाङमै रेकर्डिङ स्टुडियो भएकाले यतै रेकर्ड गरिएको उहाँले बताउनुुभयो । साथै कोभिडकै कारण छायाङ्कन पनि दाङ जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र लगायतका ठाउँमा गरिएको उहाँले बताउनुुभयो । आफ्नो २१ औ गाईजात्राको काममा अहोरात्र खटिएर लागि परेका गाउँलेले प्यारोडि गीत र व्यङ्ग्यात्मक शैलिमा आफ्नो गाईजात्रालाई निरन्तरता दिदैँ आएका छन । गएका वर्षहरुमा उत्कृष्ट समय सान्दर्भिक प्रस्तुति दिदैँ आएका गाउँलेले यो वर्ष कति मसलेदार प्रस्तुति लिएर आउँने हुन त्यो भने साउन १ गते थाहाँ हुनेछ ।।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस्