२०८० असोज १७ गते बुधवार

लमही नगरपालिका कार्यालयमा ठेकदारले लगाए ताला



३० असार, घोराही –
दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले लमही नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण कर्मचारीहरु भित्रै थुनिएका छन् । उनीहरूले दुईवटा ताला नगरपालिका प्रशासनमा र एउटा मुख्य प्रवेशद्वारमा लगाएका हुन् ।

वडा नम्बर ५ को वडा कार्यालयको प्रवेशद्वारमा पनि तालाबन्दी गरिएको छ ।लमही नगरपालिकाका वडा नम्बर ६, ७ र ८ नम्बर वडाका सडक ग्राभेल गर्ने योजना अनुसार ठेक्का दिएको थियो ।

ठेकेदारहरुले रोल्पा, प्युठान लगायतका पालिकाका सप्लायर्सबाट डम्पिङ गरेको ढुंगागिट्टी किनेर बाटो ग्राभेल गरेका थिए ।त्यसको भ्याट बिल उनीहरुले नगरपालिकासमक्ष पेश गरे पनि कर्मचारीहरुले नगरपालिका क्षेत्र भित्रकै भ्याट बिल हुनुपर्ने भनेपछि तालाबन्दी गरिएको ठेकदारहरुको भनाई छ ।

लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले लमही नगरपालिका भित्रका योजनामा बाहिरका पालिकाको भ्याट बिल प्रयोग गरिएकाले स्वीकार्न नसकिएको प्रतिक्रिया दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस्